रिभर फल्स पावर लिमिटेडले १० लाख ३८ हजार ९२४ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत भदौ २३ देखि असोज २६ गतेसम्म १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो, तर सो अवधिमा आवेदन नपरेका सेयरहरू अब लिलामीमार्फत बिक्री गर्न लागिएको हो।
कम्पनीले उक्त सेयरहरूको बिक्री आवेदन कात्तिक २६ गतेदेखि खुलाउने जनाएको छ। यस लिलामीमा जोसुकै व्यक्ति, कम्पनी वा संस्था सहभागी हुन सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम मागअनुसारको कित्ताका लागि आवेदन दिन सकिनेछ।
बोलपत्र आवेदन प्रभु क्यापिटल लिमिटेडको कमलादीस्थित कार्यालयमा, साथै प्रभु बैंकका विराटनगर, पोखरा, वीरगञ्ज, हेटौंडा, बुटवल, सुर्खेत र धनगढी शाखाहरूमा बुझाउन सकिनेछ। बोलपत्र आवेदन बुझाउने अन्तिम मिति मंसिर ३ गते तोकिएको छ।



















प्रतिकृया