शिव श्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहमा बाँकी रहेका ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद सेयर लिलामीमा ल्याएको छ। कम्पनीले भदौ १९ गतेदेखि असोज २३ गतेसम्म हकप्रद सेयर निष्काशन गर्दा बाँकी रहेका सेयर सबैले किन्न पाउने गरी लिलामीमार्फत बिक्री गर्न लागेको हो।
लिलामीका लागि प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। आवेदकले कम्तीमा १०० कित्तादेखि बढीमा १० ले निःशेष भाग जाने वा सम्पूर्ण कित्तामा आवेदन दिन सक्नेछन्। यसका लागि कात्तिक २० गते (बिहीबार) देखि कात्तिक २७ गते (बिहीबार) दिउँसो ३ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।
बोलपत्र फारम सिटिजन्स क्यापिटल लिमिटेड, डिल्लीबजार र सिटिजन्स बैंकका कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) तथा हेटौंडा शाखा कार्यालयमा उपलब्ध हुनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेड ले लिएको छ।













![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया