पिपुल्स पावरले भदौ १५ गतेदेखि ३ लाख ९१ हजार बढी अवितरित हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म आफ्ना सेयरधनीलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो क्रममा बिक्री हुन बाँकी रहेको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर अब लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइनेछ।
यो सेयरमा इच्छुक व्यक्ति तथा संस्थाले बोलपत्र पेस गरेर खरिद गर्न सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्यको बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र न्यूनतम १०० कित्ताका लागि पेस गर्नुपर्नेछ तर अधिकतम संख्यामा कुनै सीमा लाग्ने छैन। सेयर खरिदका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ २२ गते तोकिएको छ।
बोलपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालयमा तथा प्रभु बैंकका विराटनगर, वीरगन्ज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीका शाखामा पेस गर्न सकिनेछ।



















प्रतिकृया