पूर्वमुख्यमन्त्री सिंहले जनमत पार्टी छाड्दै सांसद पदबाट पनि दिए राजीनामा

पूर्वमुख्यमन्त्री सिंहले जनमत पार्टी छाड्दै सांसद पदबाट पनि दिए राजीनामा

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभाबाट राजीनामा दिएको जानकारी दिँदै जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका छन्। सिंहका अनुसार प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि उनले नयाँ राजनीतिक यात्रा सुरु गरेका हुन्।

सिंहले आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा ‘स्वाभिमान पार्टी’ दर्ता गराइसकेका छन् र सोही पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका छन्। उनी २०७९ सालको निर्वाचनमा क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीको तर्फबाट निर्वाचित भएका थिए। निर्वाचित भएपछि जनमत पार्टीले उनलाई मधेश प्रदेशसभाको अर्थ समितिको सभापति बनाएको थियो भने पछि मुख्यमन्त्रीको जिम्मेवारीसमेत दिएको थियो।

जेनजी आन्दोलनका क्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको निर्देशनमा फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेपछि उनी विवादमा तानिएका थिए। त्यसपछि पार्टीले समर्थन फिर्ता लिँदा सिंह र जनमतबीच दूरी बढ्दै गएको थियो। ४३ वर्षीय सिंह २०७४ देखि २०७९ सम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षसमेत रहेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स