फोन पेले आइपीओ ल्याउँदै, सर्वसाधारणलाई २०% सेयर बिक्री हुने

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ११ गते
फोन पेले आइपीओ ल्याउँदै, सर्वसाधारणलाई २०% सेयर बिक्री हुने

डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोन पेले सर्वसाधारणका लागि २० प्रतिशत सेयर आइपीओमार्फत निष्काशन गर्ने तयारी गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ५१ करोड रुपैयाँ रहेको छ।

आइपीओ प्रक्रिया अघि बढाउन कम्पनीले एनएमबी क्यापिटलसँग परामर्श सम्झौता गरिसकेको छ।

अहिले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण तयार गर्ने काम भइरहेको छ। यो प्रक्रिया पूरा भएपछि मात्रै सेयर प्रिमियम वा अकित मूल्यमा आइपीओ ल्याउने भन्ने निर्णय हुने बताइएको छ।

यसैबीच, फोन पेमा खेतान समूह नयाँ लगानीकर्ताका रूपमा प्रवेश गर्न लागेको छ। खेतान समूहले कम्पनीको २० प्रतिशत सेयर एक अर्ब ४० करोड रुपैयाँमा खरिद गर्ने तयारीमा छ। यसअनुसार कम्पनीको कुल मूल्यांकन करिब ७ अर्ब रुपैयाँ पुगेको देखिन्छ। खेतान समूहसँगको सम्झौताका लागि राष्ट्र बैंकमा स्वीकृति प्रक्रिया अगाडि बढेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स