फ्लाई दुबईले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट पुनः उडान सुरु गर्दै, कति गते देखि ?

फ्लाई दुबईले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट पुनः उडान सुरु गर्दै, कति गते देखि ?

फ्लाई दुबईले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट मङ्सिर ३० देखि स्थगित गरेको उडान पुस २९ देखि पुनः सुरु गर्ने भएको छ। खराब मौसमका कारण दुबई–भैरहवा उडान रोकेको फ्लाई दुबईले अब नियमित उडान पुनः सुरु गर्न तयारी गरेको हो।

फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई दैनिक उडान गर्दै आएको थियो, तर मौसमको प्रतिकूल परिस्थितिका कारण मङ्सिर ३० देखि उडान स्थगित गरिएको थियो। पुस २९ देखि दुबई र भैरहवा बीचका उडानहरू पुनः सुरु हुनेछन्।

आगामी माघ १० पछि भू–उपग्रहमा आधारित आरएनपी एआर प्रविधि सुरु हुने जनाइएको छ, जसले उडान र अवतरणलाई अझ सहज बनाउने विश्वास व्यक्त गरिएको छ। यसले हिउँदका समयमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान र अवतरणको असरलाई कम गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स