दुर्गा प्रसाईंले लगानी गरेको पाँचतारे होटल ‘एट्रियम लिमिटेड’ अन्तिम चरणमा, आगामी वर्षमा खुल्ने तयारी

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३१ गते
दुर्गा प्रसाईंले लगानी गरेको पाँचतारे होटल ‘एट्रियम लिमिटेड’ अन्तिम चरणमा, आगामी वर्षमा खुल्ने तयारी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापामा निर्माण गरिरहेको पाँचतारे होटल ‘होटल एट्रियम लिमिटेड’ आगामी आर्थिक वर्षभित्र सञ्चालनमा आउने भएको छ।

यस होटलको निर्माण ‘होटल अट्रियम प्रालि’ले गरिरहेको हो, जुन कम्पनी सन् २०१६ मा स्थापना भएको थियो। हाल निर्माणाधीन यो लक्जरियस होटल १६ हजार ८४३ वर्गफिट क्षेत्रफलमा फैलिएको छ, जसमा ९८ कोठाको सुविधा रहनेछ। सुरुमा ९६ कोठाको योजना बनाइएको भए पनि पछिल्लो डिजाइन परिवर्तनसँगै कोठा संख्या थपिएको छ।

होटलमा रेष्टुरेन्ट, स्वीमिङ पुल, कन्फरेन्स हल, ब्याङ्क्वेट हल, स्पा, क्यासिनो लगायतका अत्याधुनिक सुविधा रहनेछन्। होटलको लोकेशन पनि सुविधाजनक रहेको छ— चन्द्रगढी विमानस्थलबाट १२.९ किलोमिटर र भारतीय सिमाना जोगबनीबाट ३० किलोमिटर दूरीमा पर्छ।

कुल ३ अर्ब २९ करोड ८० लाख रुपैयाँको लगानीमध्ये ७१ प्रतिशत ऋण र २९ प्रतिशत स्वपुँजी रहेको छ। सुरुमा लागत २ अर्ब ८४ करोड ३० लाख रुपैयाँ अनुमान गरिएको भए पनि डिजाइन र पूर्वाधारमा परिवर्तनसँगै लागत बढेर सवा तीन अर्ब नाघेको हो।

हालसम्म १ अर्ब ९९ करोड रुपैयाँ खर्च भइसकेको र निर्माणको ८९ प्रतिशत काम सम्पन्न भइसकेको छ। कम्पनीको योजना अनुसार होटल सन् २०२६ को जुलाईबाट व्यावसायिक सञ्चालनमा आउनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स