आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका प्राथमिकता, उद्देश्य तथा कार्यान्वयन रणनीतिबारे जानकारी दिन अर्थ मन्त्रालयले सञ्चारकर्मीसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा प्रस्तुत गरेको बजेटका लक्ष्य, आर्थिक नीति तथा कार्यान्वयन योजनाबारे सञ्चार माध्यमलाई विस्तृत रूपमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कार्यक्रममा सञ्चारकर्मीहरूले बजेटका विभिन्न पक्षबारे अर्थमन्त्रीसँग प्रत्यक्ष संवाद गर्न तथा आफ्ना जिज्ञासा राख्न सक्नेछन्।
उक्त अन्तरक्रिया कार्यक्रम आइतबार दिउँसो ३ बजे अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा आयोजना हुने जनाइएको छ।










![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-768x432.jpg)




![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया