भोलि संसदमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १२ गते
भोलि संसदमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्ने

अर्थमन्त्री विष्णु पौडेलले भोलि मंगलबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएका छन्। प्रतिनिधिसभाको बिहान ११ बजे सुरु हुने बैठकमा आर्थिक सर्वेक्षण पेस गरिने संसद् सचिवालयले जनाएको छ।सचिवालयद्वारा जारी गरिएको कार्यसूचीअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ, वन तथा वातावरण, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँगको प्रश्नोत्तर सकिएपछि आर्थिक सर्वेक्षण प्रस्तुत गरिनेछ।

 यसमा सम्पूर्ण सरकारी कार्यालयका तथ्यांक संकलन गरी मुलुकको आर्थिक अवस्था प्रस्तुत गरिन्छ। सरकारले यही सर्वेक्षणलाई आधार बनाएर आगामी वर्षको बजेट तयार पार्ने परिपाटी छ। आर्थिक सर्वेक्षणसँगै सार्वजनिक संस्थानहरूको वास्तविक स्थिति जस्तै आम्दानी, नाफा, घाटा लगायतका विवरणहरू पनि सार्वजनिक गरिनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स