नेपाल जापान फ्रेन्डसिप समिट २०२५ को अवसरमा नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गरेका छन्।
भेटका क्रममा, अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताए। उनले विश्वास व्यक्त गरे कि समिटले नेपालमा लगानीकर्ताहरुको लागि अनुकूल वातावरणको सन्देश प्रवाह गर्नेछ र जापानी लगानीकर्ताहरुलाई नेपालमा थप लगानी गर्न प्रेरित गर्नेछ।
अर्थमन्त्री पौडेलले विदेशी लगानीकर्ताहरूलाई जलविद्युत, पर्यटन, र उत्पादनमूलक क्षेत्रलाई आकर्षक लगानी क्षेत्रका रूपमा प्रस्तुत गर्दै यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न आग्रह गरे। साथै, उनले सरकारले निजी क्षेत्रका सरोकार सम्बोधन गर्न विभिन्न कानूनी संशोधनहरू गरेर लगानीको लागि सहज वातावरण तयार पारेको जानकारी पनि दिए।
समिटमा फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन, फोर्थ भ्याली लगायत एक दर्जनभन्दा बढी कम्पनीका प्रतिनिधिहरू सहभागी छन्। समिट बिहीबारबाट काठमाडौंमा सुरु भएको छ।



















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया