instainsta

अर्थमन्त्री पौडेलले भने, “बजेट लोकप्रियभन्दा पनि यथार्थपरक बनाउने कोशिस गरेको छु”

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २० गते
अर्थमन्त्री पौडेलले भने, “बजेट लोकप्रियभन्दा पनि यथार्थपरक बनाउने कोशिस गरेको छु”
AdvertisementAds

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको बजेटलाई लोकप्रियभन्दा पनि यथार्थपरक बनाउने प्रयास गरिएको बताएका छन्। काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी (इम्सन) र नेपाल व्यवस्थापन संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउँछ भन्ने स्थापित मानसिकता चिर्दै अनुशासित र व्यवहारिक बजेट ल्याउनेतर्फ आफू केन्द्रित भएको स्पष्ट पारे।

उनले भने, “मैले के गर्दा लोकप्रिय भइन्छ भनेर होइन, के गर्दा अनुशासित र प्रभावकारी बजेट बन्छ भन्ने सोचमा केन्द्रित भएर बजेट बनाएको हुँ। स्रोत व्यवस्थापन कसरी गर्ने, खर्च कसरी अनुशासित बनाउने भन्ने प्राथमिकतामा रहेर काम गरियो।”

पौडेलले यथार्थमा आधारित बजेटले स्रोतको सही परिचालन र सीमित साधनमा उच्च प्रतिफल दिने नीति अवलम्बन गर्ने बताए। बजेट निर्माणमा आएका आलोचना र सुझाव दुबैप्रति सम्मान व्यक्त गर्दै उनले मुलुकको वित्तीय अवस्था, उपलब्ध स्रोत, र प्राथमिकतालाई ध्यानमा राखेर बजेट निर्माण गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स