उपप्रधानमन्त्री एवंम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएका निक्षेपलाई लगानीमा रुपान्तरण गर्न सरकारको प्रयास भइरहेको बताएका छन्। उनले सरकार मुलुकमा लगानीको वातावरण सृजना गर्ने, बैंकको निक्षेपलाई लगानीमा रूपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने, रोजगारी सिर्जना गर्ने र व्यवसायीहरूको मनोबल उच्च राख्न केन्द्रित रहेको बताए।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै अर्थमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई गतिशील बनाउने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, तथा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यमा काम गर्नुपर्नेमा जोड दिए। उनले भने, “अर्थतन्त्रका सकारात्मक सूचकहरूलाई सदुपयोग गर्दै, आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छौं।”
अर्थमन्त्री पौडेलले सरकारले अर्थतन्त्रको समस्या र चुनौतीलाई सुक्ष्म विश्लेषण गरेर समाधानका लागि कदम चालिरहेको पनि बताए। उनका अनुसार, “अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक दिशामा फर्किएका छन्,” र मूल्यवृद्धिलाई नियन्त्रण गर्न सफल भएको दाबी गरे।
उनले भने, “ब्याजदरलाई एकल अंकमा ल्याउनका लागि सरकारले केही ठोस कदमहरू उठाएको छ।” उनले उदाहरणस्वरूप, गत वर्षको चार महिनामा ३ प्रतिशत वृद्धि भएको राजस्व संकलन दर यस वर्ष १७ प्रतिशत पुगेको कुरा पनि उल्लेख गरे। पूँजीगत खर्चको दायरा बढेको र अर्थतन्त्रमा सुधारका पृष्ठभूमिमा अन्य धेरै काम गरिएको बताएका छन्।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया