अन्तत: सुरु हुने भयो शार्क ट्यांक नेपाल, चाँडै ‘शार्क’ सार्वजनिक गरिँदै

अन्तत: सुरु हुने भयो शार्क ट्यांक नेपाल, चाँडै ‘शार्क’ सार्वजनिक गरिँदै

उद्यमशीलतालाई नयाँ उचाइमा पुर्‍याउने रियालिटी शो शार्क ट्यांक नेपाल चाँडै प्रसारणमा आउने पक्का भएको छ। स्रोतका अनुसार, आयोजकले छिट्टै एक कार्यक्रममार्फत शोमा सहभागी हुने शार्कहरूलाई सार्वजनिक गर्ने तयारी गरेका छन्।

शार्क ट्यांकको मुख्य आकर्षण भनेकै “शार्क” अर्थात् शोमा सहभागी हुने लगानीकर्ता हुन्। यी शार्कहरू सफल व्यवसायी तथा लगानीकर्ता हुन्छन। शार्कहरूले उद्यमीहरूबाट व्यवसायिक आइडिया सुन्छन् र त्यसमा सम्भावना देखेमा लगानीको प्रस्ताव गर्छन्।

अन्तर्राष्ट्रिय संस्करण जस्तै, नेपाली संस्करणमा पनि देशका उत्कृष्ट व्यवसायीहरू शार्कको रूपमा सामेल हुने अपेक्षा गरिएको छ।

कोभिड अघि सन् २०२० मा कार्यक्रमको घोषणा भए पनि विभिन्न प्राविधिक र व्यवस्थापकीय चुनौतीका कारण यो अघि बढ्न सकेको थिएन। तर, अब शो औपचारिक रूपमा सुरु हुने तयारीमा रहेको छ। कार्यक्रममा भाग लिन चाहने उद्यमीहरूका लागि आवेदन समेत खुला गरिएको छ।

शार्क ट्यांक नेपालले नेपाली उद्यमीहरूलाई आफ्ना व्यवसाय प्रस्तुत गरेर सफल व्यवसायीहरूबाट लगानी प्राप्त गर्ने सुनौलो अवसर प्रदान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स