रास्वपाबाट निष्कासित महामन्त्री ढकाल भन्छन्, “रवि दाइ आफैँ लड्न सक्षम हुनुहुन्छ तपाईँहरू काममा फर्किनुस्”



Advertisement
Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री मुकुल ढकालले पार्टी सदस्यहरूलाई जनताको काममा सक्रिय रूपमा लाग्न आग्रह गरेका छन्। उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको संसदको हिउँदे अधिवेशनको तयारीका लागि ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।


Advertisement

ढकालले पार्टी सभापति रवि लामिछाने अदालती प्रक्रियामा व्यस्त रहँदा पार्टीका नियमित कामहरू बिर्सिएको आभास भइरहेको बताएका छन्। “सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ। त्यसैले कुनै पनि बहाना नबनाई जनताको काममा फर्कनै पर्छ,” उनले लेखेका छन्।


Advertisement

पार्टी सदस्यहरूलाई आफ्ना क्षेत्रमा रहेका जनताका समस्या बुझ्न र समाधानका लागि छलफल गर्न सुझाव दिँदै उनले तयार गरिएका मुद्दाहरूलाई केन्द्रीय कार्यालयसम्म पुर्‍याउन निर्देशन दिएका छन्। “तपाईंको क्षेत्रका जनताको मुद्दाहरू उठाउने विषयमा स्थानीय बुद्धिजीवी र जनतालाई समेटेर छलफल गर्नुहोस्। त्यसपछि तयार गरिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउनुहोस्,” उनले भने।

केन्द्रीय कार्यालयले ती मुद्दाहरूलाई संसदीय दलमार्फत छलफल गरी संसदमा प्रस्तुत गर्ने प्रणाली पहिले नै बनिसकेको उल्लेख गर्दै उनले त्यस प्रणालीलाई पुनः सक्रिय बनाउन आग्रह गरे। “संसदमा जनताको आवाज पुर्‍याउन आजैबाट पहल थाल्नुहोस्,” उनले जोड दिए।

ढकालले पार्टीलाई जीवन्त राख्न आग्रह गर्दै सभापति लामिछाने आफ्नो अदालती मुद्दा स्वयम् लड्न सक्षम रहेको र पार्टीका अरू सदस्यहरूले जनताको मुद्दा प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। “रवि दाइ आफ्नो अदालती लडाइँ आफैँ लड्न सक्षम हुनुहुन्छ। अहिले हाम्रो मुख्य कर्तव्य भनेको पार्टीलाई जीवन्त राख्दै जनताको पक्षमा उभिनु हो,” उनले लेखेका छन्।

download 3 https://bajarkochirfar.com/expelled-general-secretary-dhakal-from-the-rashtriya-swayamsevak-sangh-says-ravi-dai-is-capable-of-fighting-on-his-own-you-should-return-to-work | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर