नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले गभर्नर नियुक्ति पक्का भएपछि शुक्रबार बिहान पदबाट राजीनामा दिएका छन्। राष्ट्र बैंक ऐनले गभर्नर बन्नका लागि कार्यकारी निर्देशकले अनिवार्य रूपमा राजीनामा दिनुपर्ने उल्लेख नगरे पनि, आफूले आफैंको राजीनामा स्वीकृत गर्नु पर्ने अवस्था सिर्जना नहोस् भनेर यस्तो अभ्यास हुँदै आएको जानकारहरू बताउँछन्।
सरकारले तीन साता अघि नै गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरिसकेको थियो। तर सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसबीच सहमति नबन्दा समितिको बैठक समेत बस्न सकेको थिएन। बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. भट्टको नाममा सहमति बनेपछि प्रक्रिया तीव्र बनेको हो।
अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठक आजै बस्ने तयारी छ। समितिले डा. भट्टसहित अन्य दुई जनाको नाम गभर्नर पदका लागि सिफारिस गर्नेछ। त्यसपछि आगामी मन्त्रिपरिषद् बैठकबाट डा. भट्टलाई गभर्नरमा नियुक्त गर्ने तयारी सरकारले गरेको छ।
गभर्नर सिफारिस समितिमा संयोजक अर्थमन्त्री पौडेलसहित पूर्व गभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा. विश्व पौडेल सदस्यका रूपमा रहेका छन्। समितिले आजै सिफारिस प्रक्रिया टुंग्याएर भोलिसम्म गभर्नरको नियुक्ति गर्ने योजना बनाएको छ।












![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)



![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया