एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज उक्त आईपीओको बाँडफाँड गरेको हो।
कम्पनीले वैशाख १६ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता सेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा कुल ९० हजार ८५५ जनाले आवेदन दिएका थिए, जसमध्ये ९० हजार ८२० आवेदन योग्य ठहरिएका थिए।
मागभन्दा बढी आवेदन परेपछि आईपीओ गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो। जसअनुसार ७ हजार ९ सय आवेदकले १०–१० कित्ता सेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकहरूको हात खाली भएको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया