दुर्गा प्रसाईंलाई अदालतले धरौटीमा छाड्न आदेश दिए पनि तत्काल नछुट्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २७ गते
दुर्गा प्रसाईंलाई अदालतले धरौटीमा छाड्न आदेश दिए पनि तत्काल नछुट्ने

साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

तर, आपराधिक विश्वासघातको कसूरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेकाले उनी तत्काल छुट्ने छैनन्।

यसअघि, प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरिएका प्रसाईंलाई प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसूर गरेको आरोपमा अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स