नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति नेपाली कांग्रेसका नेताहरू असन्तुष्ट देखिएका छन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सोमबार साँझ सामाजिक सञ्जालमार्फत सरकारको यो कदमलाई गलत भन्दै कांग्रेस पदाधिकारी तहको सहमति विना गरिएको निर्णय भएको बताएका छन्।
उनले लेखेका छन्, “कुलमान घिसिङलाई हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन। बाँकी कार्यकाल पूरा गर्न दिनुपर्थ्यो। कारबाहीयोग्य केही भए, पछि गर्न सकिन्थ्यो। केही राम्रा प्रयास छायामा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्न थियो । सरकारको यो निर्णय समयोचित विल्कुलै भएन । यसप्रति खुला र प्रष्ट रूपमा विमति छ,”
सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत घिसिङलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया