रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि जान इच्छुक नेपालीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुला गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले विभिन्न चार क्षेत्रमा कुल ७ हजार २०० जनाको कोटाका लागि आवेदन आह्वान गरेको हो।
नेपाल र दक्षिण कोरियाबीच भएको समझदारीपत्रअनुसार एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १०० तथा वन क्षेत्रमा १०० जनाको माग आएको ईपीएस कोरिया शाखाले जनाएको छ।
इच्छुक उम्मेदवारले जुलाई २७ देखि अगस्ट २, २०२६ सम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन शुल्क २८ अमेरिकी डलर तोकिएको छ।
आवेदन दिन १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेर फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको तथा दक्षिण कोरियामा ई–९ वा ई–१० भिसामा पाँच वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्नेछ।
भाषा परीक्षाको पहिलो चरणको नतिजा प्रकाशित भएपछि दोस्रो चरणको परीक्षा सञ्चालन गरिनेछ। अन्तिम परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको नतिजा प्रकाशन भएको मितिदेखि दुई वर्षसम्म मान्य रहनेछ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया