ललितपुर जिल्ला अदालतमा अब कर्मचारीले खाजा समयमा पनि सेवा पाइने

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १८ गते
ललितपुर जिल्ला अदालतमा अब कर्मचारीले खाजा समयमा पनि सेवा पाइने
AdvertisementAds

ललितपुर जिल्ला अदालतले खाजा खाने समयमा समेत सेवाग्राहीलाई सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ। अदालतले सूचना जारी गर्दै अबदेखि खाजा समयमा पनि सेवा प्रवाहमा कुनै अवरोध नहुने जनाएको हो।

यसअघि अदालतका कर्मचारीहरूको लागि दिउँसोको खाजा समय आइतबारदेखि बिहीबारसम्म १:३० देखि २:३० बजेसम्म र शुक्रबार १:०० देखि २:०० बजेसम्म तोकिएको थियो। उक्त समयमा सेवा प्रवाह रोकिने व्यवस्था रहेको थियो।

अब भने सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले सो समयमा पनि सेवा निरन्तर सञ्चालन हुने अदालतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स