धवलशमशेर र रवीन्द्रसहित ११ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १७ गते
धवलशमशेर र रवीन्द्रसहित ११ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ११ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।यस निर्णयसँगै उनीहरू मंगलबारसम्म हिरासतमा रहनेछन्।

गत शुक्रबार र शनिबार पक्राउ परेका ४१ जनाविरुद्ध फरक-फरक मुद्दामा अनुसन्धान गर्न प्रहरीले आइतबार अदालतमा म्याद थपका लागि निवेदन दिएको थियो।१५ गते पक्राउ परेकाहरूका लागि पाँच दिन र १६ गते पक्राउ परेकाहरूका लागि चार दिनको म्याद थप भएको हो।

प्रहरीले राज्यविरुद्धको कसुरअन्तर्गत राज्यद्रोह र संगठित अपराधमा मुद्दा चलाउन माग गर्दै जबरा र मिश्रलाई अदालतमा उपस्थित गराएको हो।शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा उनीहरूलाई शुक्रबार राति पक्राउ गरिएको थियो।उक्त आन्दोलन भड्काउने मुख्य योजनाकार दुर्गा प्रसाईं भने फरार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स