निर्वाचन अपडेट : परिणाम जस्तोसुकै आए पनि अब नयाँ पुराना दल मिलेर काम गर्नुपर्छ: वर्षमान पुन

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
निर्वाचन अपडेट : परिणाम जस्तोसुकै आए पनि अब नयाँ पुराना दल मिलेर काम गर्नुपर्छ: वर्षमान पुन

पूर्व अर्थमन्त्री तथा नेकपाका उम्मेदवार वर्षमान पुन (अनन्त)ले चुनाव परिणाम जे भए पनि मिलेर काम गर्नुपर्ने बताएका छन्।

गृह जिल्ला रोल्पाको माडीचौरबाट मतदान गरी विभिन्न मतदानस्थलको अनुगमन गरेपछि सदरमुकाम लिबाङ फर्किएका अनन्तले पत्रकारसँग भने, “चुनाव हुँदैन कि भन्ने संशय थियो। अन्ततः चुनाव सम्पन्न भयो। अब परिणाम जस्तोसुकै आए पनि मिलेर काम गर्नुपर्छ। जनमत नयाँ वा पुराना पार्टीले स्वीकार गर्नुपर्छ।”

रोल्पाको एकमात्र क्षेत्र नम्बरमा नौ जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै आएका उनले भने, “जनमत मेरो अनुकूल वा प्रतिकूल आयो भन्नु हुँदैन। शान्तिपूर्ण रूपमा सम्पन्न चुनावको मत अनुसार सबै मिल्नुको विकल्प छैन।”

अनन्तले ठूला क्रान्ति, विद्रोह र आन्दोलन भए पनि अन्तिम निर्णय शान्तिपूर्ण चुनावबाटै हुने भन्दै खुशी व्यक्त गरे। देशको स्वतन्त्रता, शान्ति र अस्तित्वको चिन्ता रहेको समयमा भएको मतदान परिणाम सबैले स्वीकार गर्नुपर्ने उनले जोड दिए। उनले रोल्पामा पनि उत्साहजनक मतदान भएको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स