स्वदेशी बजारमा अण्डाको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक संघले आइतबार (आजै)देखि लागू हुने गरी अन्डाको नयाँ मूल्य तोकेको छ।
संघका अनुसार सबै आकारका अण्डामा प्रतिक्रेट १५ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। नयाँ मूल्यअनुसार ४६० रुपैयाँ रहेको सबैभन्दा ठूलो (एक्सएल) अण्डाको फार्म मूल्य अब प्रतिक्रेट ४७५ रुपैयाँ पुगेको छ।
त्यसैगरी, पहिले प्रतिक्रेट ४३५ रुपैयाँमा बिक्री हुँदै आएको ठूलो (लार्ज) अण्डाको मूल्य ४५० रुपैयाँ पुगेको छ भने ३८५ रुपैयाँ रहेको मिडियम अण्डाको मूल्य अब ४०० रुपैयाँ तोकिएको छ।
संघले बजारको अवस्था र उत्पादन लागतलाई ध्यानमा राख्दै यो निर्णय लिएको जनाएको छ। साथै, संघले ढुवानी र प्याकेजिङ खर्चबारे पनि स्पष्ट पारेको छ।
मुख्य उत्पादन क्षेत्र चितवनबाट देशका अन्य सहरका डिपोहरूमा अन्डा पुर्याउँदा लाग्ने भाडा, कार्टुन र क्रेट खर्चबापत थप १४५ रुपैयाँ लाग्ने उल्लेख गरिएको छ।



















![सुपर पर्फर्मर सेयर ट्रेडर कसरी बन्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/OHH2VNaSv9w-maxresdefault-150x150.jpg)


प्रतिकृया