नेपालकै अग्रणी डिजिटल वालेट ई–सेवामा आज फायरवाल समस्या देखिएपछि केही समयका लागि सेवा प्रभावित भएको थियो।
फायरवाल भनेको इन्टरनेट सुरक्षा प्रणाली हो, जसले अनधिकृत पहुँच रोक्न नेटवर्कलाई सुरक्षित राख्छ। ई–सेवाको प्रविधि विभागका एक कर्मचारीका अनुसार फायरवालसम्बन्धी प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित भएको थियो। “हाम्रो प्राविधिक टोलीले समस्या पहिचान गरी समाधान गरिरहेको छ। अहिले सेवा सुचारु भएको छ,” उनले जानकारी दिए।
यसअघि, सेवा अवरुद्ध हुँदा ग्राहकहरूले कारोबार गर्न कठिनाइ भोगेका थिए।















प्रतिकृया