दुर्गा प्रसाईंले भने, “कम्बोडियामा ओलीको लगानीबारे कागजात मैले बनाएको होइन, उतै बस्ने नेपालीले पठाएका हुन्”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २७ गते
दुर्गा प्रसाईंले भने, “कम्बोडियामा ओलीको लगानीबारे कागजात मैले बनाएको होइन, उतै बस्ने नेपालीले पठाएका हुन्”

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतिय कारोबार ऐन अन्तर्गत कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा साइबर ब्युरोले प्रतिवेदन तयार गरी जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएपछि प्रसाईंविरुद्ध मुद्दा दायर गरिएको हो। विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानासहित डेढी सजायको माग गरिएको छ।

प्रसाईंले आफ्नो बयानमा आफूले कुनै फेक कागजात तयार नगरेको र कम्बोडियामा बस्ने एक नेपालीले उपलब्ध गराएका प्रमाण मात्र सार्वजनिक गरेको दाबी गरेका छन्। उनका अनुसार, ती नेपालीले प्रधानमन्त्री केपी शर्मा ओलीले स्मार्ट एक्जिएटा कम्पनी लिमिटेडमा लगानी गरेको भनी जानकारी गराउँदै केही कागजात, भिडियो र फोटो पठाएका थिए। उनले नेपालमा मौलाएको भ्रष्टाचार, राजनीतिक अस्थिरता, र आर्थिक संकटका कारण नागरिकलाई जागरूक गराउने उद्देश्यले यी विवरण सार्वजनिक गरेको बताएका छन्।

यसैबीच, भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम प्रयोग गरी व्यवसायीलाई धम्क्याएको आरोपमा सीआईबीले आपराधिक लाभ र संगठित अपराध अन्तर्गत थप अनुसन्धान गरिरहेको छ। कानुनी प्रक्रियाअनुसार, काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा सुनुवाइपछि थुनछेक बहस हुनेछ, जसले प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने निर्णय गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स