SHAREHUBSHAREHUB

रिहा भएको एक हप्ता नहुँदै दुर्गा प्रसाईं फेरि पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १७ गते
AdvertisementAds
रिहा भएको एक हप्ता नहुँदै दुर्गा प्रसाईं फेरि पक्राउ
File Photo
AdvertisementAds

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो।

परिवारका अनुसार बिहान ६ बजेदेखि नै प्रहरी टोली निवास वरिपरि तैनाथ थियो। पौने ८ बजेतिर प्रहरीले पक्राउ पुर्जी थमाएर प्रसाईंलाई लगेको बताइएको छ। पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने उल्लेख छ।

हाल प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।

यसअघि उनी ४ फागुनमा काठमाडौंमा पक्राउ परेका थिए र १३ फागुनमा रिहा भएका थिए। उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स