आज पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने उच्च
आज नेप्से परिसूचक १०.६१ अङ्कले घटेर २६३३.३२ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ५ उपसमूह बढेको छ भने बाकी उपसमूह घटेको छ । दिनभर ८ अर्ब ९२ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार सिन्धु विकास बैंकको भएको छ। यस दिन ३१२ कम्पनीको १ करोड ७२ लाख सेयर कारोबार भएको छ।
नेप्से १०.६१ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १०.६१ अङ्कले घट्दा १०५ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: न्यादी हाइड्रोपावर, जानकी फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त र बोटलर्स नेपाल रहेको छ।
नेप्से १०.६१अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से १०.६१ अङ्कले घट्दा १२६ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश:सप्तकोशी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, धौलागिरी लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, र रिभर फल्स रहेको छ।