दोर्दी खोला जलविद्युतले आगामी चैत १९ गते मंगलबारदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्दैछ। कम्पनीले १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ । उक्त हकप्रद सेयरका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार, फागुन १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयर भर्न पाउनेछन् । यसमा वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । लगानिकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक–वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)












![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया