दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यस अनुसार, कम्पनीले प्रतिसेयर १०० अंकित दरका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।
कम्पनीको हकप्रद सेयरका लागि यही फागुन १३ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन्। आवेदन चैत १९ गतेदेखि २०८१ वैशाख ८ गतेसम्म दिन सकिने व्यवस्था गरिएको छ।
दरखास्त फाराम कम्पनीको कर्पोरेट कार्यालय, त्रिपुरेश्वर, बक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नक्साल काठमाडौं तथा सानिमा बैंकका विराटनगर, पर्सा, कास्की, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखाबाट प्राप्त गर्न तथा सोही स्थानमा फाराम तथा रकम जम्मा गर्न सकिनेछ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपियाँ रहेको छ, जसले हकप्रद निष्काशन तथा बाँडफाँटपछि २ अर्ब १० करोड ८५ लाख २० हजार रुपियाँ पुग्नेछ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)


![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया