श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखाएर कालोबजारी नगर्न आम जनता र व्यापारीसमक्ष आग्रह गरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा साम्पाङले आपूर्ति असहज हुने अवसरमा भण्डारण गरी महँगो मूल्यमा बिक्री गर्ने पुरानो प्रवृत्ति दोहोर्याउन नहुने चेतावनी दिएका छन्।
साम्पाङले सरकारलाई पनि सबै उपलब्ध संयन्त्र प्रयोग गरी पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउने काम गर्न ध्यानाकर्षण गराएका छन्। उनका शब्दमा, “पेट्रोलियम पदार्थको अभाव देखिएको छ, सरकारले के गर्नुपर्ने हो, कहाँ कसो गर्नुपर्ने हो, ती सबै काम गरेर आपूर्तिलाई सहज बनाउनुपर्दछ। यहाँहरू सबैलाई मेरो अनुरोध छ, कोही पनि यस बेला कालोबजारी नगर्नुहोला।”
उनले खासगरी १० रुपैयाँमा किनेको सामानलाई ५०–१०० रुपैयाँसम्म बेच्ने प्रवृत्तिबाट सर्वसाधारणलाई दुःख नदिन आग्रह गरेका छन्। साम्पाङले भने, “नेपालमा अलिकति सर्टेज भयो भने भण्डारण गर्ने र मूल्य अत्यधिक बढाउने प्रवृत्ति छ। यतिखेरै हो मौका, यतिखेरै हान्नुपर्छ भन्ने सोचको पुनरावृत्ति रोक्नुपर्छ।”
यसबीच, मध्यपूर्वमा तनावका कारण ग्यासको माग बढ्दा नेपाल आयल निगमले हाल आधा ग्यास भरिएका सिलिन्डर आपूर्ति गर्ने व्यवस्था मिलाएको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया