डोनाल्ड ट्रम्पको प्रशासनले चिनियाँ विद्यार्थीहरूको भिसा ‘आक्रामक रूपमा रद्द गर्ने’

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १५ गते
डोनाल्ड ट्रम्पको प्रशासनले चिनियाँ विद्यार्थीहरूको भिसा ‘आक्रामक रूपमा रद्द गर्ने’
AdvertisementAds

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चिनियाँ विद्यार्थीहरूको भिसा ‘आक्रामक रूपमा रद्द गर्ने’ घोषणा गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रूबियोले चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्धित वा संवेदनशील क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरूलाई लक्षित गरी भिसा मापदण्ड कडाइ गर्ने बताए।

यसअन्तर्गत होमल्याण्ड सेक्युरिटी विभागसँग मिलेर चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्ने तयारी भइरहेको छ। ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा साक्षात्कार रोक्ने र सामाजिक सञ्जाल गतिविधिको निगरानी गर्ने कदम पनि अगाडि बढाएको छ। २०२३-२४ मा चीनबाट अमेरिका अध्ययनका लागि आएका विद्यार्थीहरू २ लाख ७५ हजारभन्दा बढी थिए, जसले अमेरिकी विश्वविद्यालय र अर्थतन्त्रमा ठूलो योगदान पुर्याएका थिए।

तर, नयाँ नीति लागू भए उनीहरूको भिसा रद्द हुन सक्ने जोखिम छ। अमेरिकी प्रशासनले विदेशबाट आउने सबै विद्यार्थी र आवेदकहरूको सामाजिक सञ्जाल गतिविधि निगरानी गर्ने घोषणा समेत गरेको छ।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स