instainsta

राष्ट्रियसभामा बजेटमाथि छलफल सुरु, अर्थमन्त्रीले पेश गरे प्रस्ताव

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २१ गते
राष्ट्रियसभामा बजेटमाथि छलफल सुरु, अर्थमन्त्रीले पेश गरे प्रस्ताव
AdvertisementAds

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेटमाथि राष्ट्रियसभामा छलफल सुरु भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीय बनाउन प्रयास गरिएको बताए।

उनले बजेटको आकार, स्रोत व्यवस्थापन, र विनियोजन कुशलतामा सावधानी अपनाइएको दाबी गरे। चालु आवको तुलनामा पुँजीगत खर्च १६ प्रतिशतले वृद्धि गरिएको छ भने चालु खर्चलाई सीमित राख्ने प्रयास गरिएको छ। संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा जाने बजेट पनि बढाइएको छ। आन्तरिक राजस्व, ऋण र अनुदानमार्फत स्रोत जुटाइने लक्ष्य लिइएको अर्थमन्त्री पौडेलले स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स