डिजेलको मूल्य घट्यो, प्रतिलिटर कति पुग्यो ?

डिजेलको मूल्य घट्यो, प्रतिलिटर कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। इण्डियन आयल कर्पोरेशनले मूल्य परिमार्जन गरी पठाएपछि निगमले पनि खुद्रा मूल्यमा हेरफेर गरेको हो।

निगमका अनुसार डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ। तर पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

त्यसैगरी, हवाई इन्धनमा पनि समायोजन गरिएको छ। आन्तरिक उडानका लागि प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलोलीटर ७ अमेरिकी डलरले सस्तो भएको छ।

अन्तर्राष्ट्रिय उडानका लागि पोखरा र भैरहवामा भने ब्रेक–इभेन मूल्य कायम राखिएको निगमले जनाएको छ।

petrol deasel rate 2082 06 15 https://bajarkochirfar.com/diesel-price-has-dropped-how-much-is-it-per-liter | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स