दिव्यश्वरी हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित, यस्ताे छ कारण 

दिव्यश्वरी हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित, यस्ताे छ कारण 

दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले जेठ २२ गते बोलाएको अघिल्ला दुई आर्थिक वर्षको साधारण सभा न्यूनतम आवश्यक सेयरधनी उपस्थित नभएको कारण स्थगित गरेको छ। कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशनलाई मुख्य एजेन्डा बनाएर मैतीदेवी सेतोपुलस्थित अन्नपूर्ण पार्टी भेन्यूमा सभा बोलाएको थियो। सभाको तयारी पूरा गरी सुरु गर्ने क्रममा आवश्यक गणपूरक संख्या नपुगेको कारण सभा संचालन हुन सकेन।

कम्पनीले अर्को सूचना नभएसम्म सभा स्थगित भएको जानकारी दिएको छ। सभा प्रयोजनार्थ जेठ ८ गते बुक क्लोज गरिएको थियो। अब सञ्चालक समितिको बैठक बसेर नयाँ मिति तोकी सभा बोलाउने योजना रहेको छ। साथै, कम्पनीले यस सभा लागि कुनै लाभांश वितरणको प्रस्ताव पनि गरेको छैन।

download 1 1 https://bajarkochirfar.com/dibyashwari-hydropowers-annual-general-meeting-postponed-here-are-six-reasons | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स