नेपाली कांग्रेसको देउवा समूहले पार्टीको आधिकारिकता दाबी गर्दै आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिने गरी गरेको निर्णय अवैध रहेको जिकिर गर्दै देउवा समूह सर्वोच्च पुगेको हो।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भई नयाँ कार्यसमिति चयन गरिएको थियो। उक्त महाधिवेशन र त्यसका आधारमा निर्वाचन आयोगले गरेको निर्णयलाई अस्वीकार गर्दै देउवा समूहले कानुनी उपचार खोजेको जनाएको छ।
देउवा समूहका अनुसार विशेष महाधिवेशन विधान र प्रक्रिया विपरीत भएको दाबी गर्दै त्यसबाट निर्वाचित कार्यसमितिलाई आधिकारिक मान्न नमिल्ने तर्क गरिएको छ। यही आधारमा निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया