नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र कायम मुकायम (कामु) गभर्नर नियुक्त भएका छन्। गभर्नर डा. विश्वनाथ पौडेल एक साताको लागि कार्यक्रम सहभागिताका लागि जेनेभा प्रस्थान गरेपछि मिश्रलाई असार ११ गतेदेखि कामु गभर्नरको जिम्मेवारी दिइएको हो।
नेपाल राष्ट्र बैंक गभर्नर कार्यालयका अनुसार, गभर्नर पौडेल विदेश गएपछि अर्थ मन्त्रालयले राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम मिश्रलाई जिम्मेवारी सुम्पिएको हो।
त्यस्तै, सिनियर डेपुटी गभर्नर डा. निलम तिमल्सिना पनि हाल बंगलादेशमा जारी सार्क फाइनान्स कार्यक्रममा सहभागी छन्।




















प्रतिकृया