वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले प्रतिबन्ध लगाएका वस्तुको अनाधिकृत पैठारी, भण्डारण तथा बिक्री–वितरण नगर्न सम्बन्धित व्यवसायीलाई चेतावनी दिएको छ।
विभागले सोमबार सूचना जारी गर्दै निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार सरकारले विभिन्न मितिमा नेपाल राजपत्रमार्फत केही वस्तुको निकासी वा पैठारीमा प्रतिबन्ध तथा नियन्त्रण लगाएको स्मरण गराएको छ। तर, यस्ता वस्तु भौतिक तथा डिजिटल प्लेटफर्ममार्फत बिक्री भइरहेको भन्दै प्राप्त उजुरीप्रति विभागको ध्यानाकर्षण भएको जनाएको छ।
विभागले प्रतिबन्धित वस्तुको पैठारी, सञ्चय वा बिक्री–वितरण कानुनबमोजिम दण्डनीय हुने भएकाले सबै पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनले तोकेका सर्त र बन्देज पालना गर्दै व्यापार सञ्चालन गर्न आग्रह गरेको छ।
कानुनविपरीतका गतिविधि गरेको पाइएमा निकासी पैठारी (नियन्त्रण) ऐन, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।




















प्रतिकृया