सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले दीपक कुमार धूतलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको असोज २८ गतेको ४२औँ बैठकले उनलाई नियुक्त गरेको हो।
पूर्व डीसीईओ योगेश कृष्ण श्रेष्ठ उमेर हदका कारण अवकाश लिएपछि धूतले जिम्मेवारी सम्हालेका हुन्। तीन दशकदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत धूत इन्स्योरेन्स इन्स्टिच्युट अफ इन्डियाका फेलो मेम्बर हुन्। उनले इग्नुबाट बजार व्यवस्थापनमा स्नातकोत्तर र यूएनडीपीबाट इन्क्लुसिभ इन्स्योरेन्स प्रशिक्षकको उपाधि प्राप्त गरेका छन्। बीमा क्षेत्रमा उनी एक कुशल रणनीतिकारका रूपमा परिचित छन्।




















प्रतिकृया