नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि-इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी वृद्धिका लागि समय थप गरेको छ। प्राधिकरणले उक्त पुँजी वृद्धि गर्ने समय १ वर्षको लागि थप गरेको हो। यसअघि, माघ महिनासम्म पुँजी वृद्धि पुर्याउनका लागि समय तोकिएको थियो, तर दुबै कम्पनीले पुँजी वृद्धि प्रक्रिया अघि नबढाएपछि प्राधिकरणले समय थप गरेको हो।
गत वर्ष २०८१ माघ मसान्तसम्म २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने लक्ष्य राखिएको थियो। दुबै कम्पनीले क्यापिटल प्लान प्रस्तुत गरिसकेका छन्। नेपाल पुनर्बीमा कम्पनीले सरकारले अनुमति माग्दै पत्र लेखेको छ भने, हिमालयन रि-इन्स्योरेन्स कम्पनीले नाफाबाट केही रकम र राइट सेयर जारी गर्ने योजना प्रस्तुत गरेको छ।
नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि-इन्स्योरेन्स कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने म्याद थपेर, अब उनीहरूलाई २०८२ माघ १७ गतेभित्र २० अर्ब चुक्ता पुँजी पुर्याउनु पर्नेछ। यसअघि, २०८० माघ १७ गतेको सञ्चालक समितिको बैठकमा निर्णय अनुसार पुनर्बिमा कम्पनीहरूले एक वर्ष भित्र २० अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने छ।
हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १३ अर्ब रुपैयाँ भन्दा बढी छ भने हिमालयन रि-इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ। यी दुई कम्पनीहरू अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुनर्बिमा कम्पनीको रूपमा सूचीबद्ध छन्।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया