क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर (आइपीओ) बाँडफाँट मंगलबार, चैत ५ गते बिहान ८:३० बजे हुने भएको छ। बिक्री प्रबन्धक एनआइएमबीएस क्यापिटलका अनुसार बाँडफाँट लाजिम्पाट, काठमाडौंस्थित क्यापिटलको कार्यालयमा सम्पन्न हुनेछ।
कुल १८ लाख ४५ हजार कित्ता सेयरका लागि खुलेको यस आइपीओमा मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको छ। कम्पनीको सेयर खरिदका लागि २० लाख ४८ हजार ५३८ जना आवेदकले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएका थिए।
गोलाप्रथाद्वारा बाँडफाँट गरिने भएकाले केवल १ लाख ८४ हजार ५०० जना मात्र भाग्यशाली हुनेछन्, जबकि १८ लाख ६४ हजार ३८ जना आवेदकको हात खाली हुनेछ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले कुल २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो। जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख २५ हजार कित्ता, कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता छुट्याइएको थियो। बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो।
फागुन २२ देखि २६ गतेसम्म खुलेको यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन माग गरिएको थियो।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया