क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँट, नतिजा यसरी हेर्न सकिन्छ
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ देखि २६ गतेसम्म खुला गरेको आईपीओ आज (चैत ५ गते) बाँडफाँट भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। यसमा २० लाख ४८ हजार ५३८ जनाले २ करोड ४४ लाख ९२ हजार १७० कित्ता सेयरको लागि आवेदन दिएका थिए।
१९ लाख ५५ हजार ६८५ जनाले आवेदन दिएका थिए, जसमा १ लाख ८४ हजार ५ सय जनालाई १०–१० कित्ता सेयर परेको छ भने बाँकी आवेदकहरूको हात खाली रहेको छ। त्यस्तै, १० हजार १२६ जनाको आवेदन रद्द गरिएको छ।
कसरी हेर्ने आइपीओको नतिजा ?
क्रेष्ट माइक्रो लाइफको आइपीओ नतिजा निम्न वेबसाइटहरूबाट हेर्न सकिन्छ:
1.एनआइएमबीएस क्यापिटल लिमिटेड –https://www.nimbacecapital.com/
2.सीडीएससीको रिजल्ट पोर्टल – iporesult.cdsc.com.np
3.मेरो सेयर एकाउन्ट बाट –Mero Share
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।