क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आज माघ १७ गते बिहानसम्म करिब साढे ३ गुणा आवेदन परेको छ। सीडीएससीका अनुसार आज माघ १७ गते बिहान १० बजेसम्म २ हजार २५४ जनाले करिब ७ लाख ६९ हजार २५० कित्ताको लागि आवेदन दिएका छन् जुन मागभन्दा ३.४१ गुणा बढी रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि क्रेस्ट माइक्रो इन्स्योरेन्सले माघ १५ गतेदेखि आइपीओ जारी गरेको थियो। कम्पनीको आइपीओमा दुई दिनमै साढे ३ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासनको अनुमति पाएको थियो। जसमा कुल निष्कासनको १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपैयाँ बराबरका २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको छ।
आवेदकहरूले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ता सम्म आवेदन दिन सक्नेछन्। आइपीओको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।



















प्रतिकृया