नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आयोगले आइतबार टंगालस्थित कार्यालयबाट विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। १८ जनालाई प्रतिवादी बनाएर मुद्दा पेश गरिएको छ।
पौडेलमाथि यसअघि पनि विभिन्न मुद्दामा भ्रष्टाचारको आरोप लागेको थियो। यसपटक नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भारको ठेक्का लम्ब्याउने प्रक्रियामा अनियमितता र भ्रष्टाचार गरेको आरोपमा उनीसमेत प्रतिवादी बनाइएको हो।
अख्तियारले आरोपितहरूसँग कूल ३३ करोड रुपैयाँ बराबरको बिगो मागदाबी गरेको छ।













![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया