काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार उनीहरूमाथि ढलनिकाससम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको आरोप लगाएको हो।
आरोपपत्रअनुसार चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना गरिएको उल्लेख छ। मुद्दामा परियारसँगै रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्यलगायत अन्य पनि प्रतिवादी छन्।
हाल सूचना तथा प्रसारण विभागमा महानिर्देशकको जिम्मेवारीमा रहेका परियारमाथि मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन्।













![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया