SHAREHUBSHAREHUB

अभिलेखमा नभएको विद्यालयको नाममा भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा दायर

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १९ गते
AdvertisementAds
अभिलेखमा नभएको विद्यालयको नाममा भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा दायर
AdvertisementAds

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काल्पनिक विद्यालयको नाममा भ्रष्टाचार गरेको आरोपमा डोल्पाका चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार तत्कालीन दुनै गाविस–२ र ३ (हालको ठूलीभेरी नगरपालिका–४) मा अवस्थित भनिएको दुर्गा प्राथमिक विद्यालय, तिप्ला को नाममा विद्यालय भवन निर्माणको नाममा आर्थिक अनियमितता गरिएको पाइयो। तर, सो ठाउँमा यस्तो कुनै विद्यालय अभिलेखमै नरहेको पाइएको छ। हाल सो स्थानमा श्री लालिगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा रहेको छ।

२०७६/०७७ मा जिल्ला प्राविधिक कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पंजियार, लेखापाल मनिराम कुर्मी, दुर्गा प्रावि भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगीता बुढाले मिलेमतोमा काल्पनिक विद्यालय खडा गरी ७ लाख ६० हजार रुपैयाँ अनियमितता गरेका थिए।

ती चार जनाले जस्ता–छानासहितको दुई कोठे भवन निर्माण भएको देखाउने गरी नक्कली कागजात तयार पारी उपभोक्ता समिति बनाएका थिए। सोही कागजातको आधारमा जिल्ला प्राविधिक कार्यालयबाट चेकमार्फत रकम भुक्तानी समेत लिएको अनुसन्धानबाट खुलेको हो।

चारै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र ७ लाख ६० हजार रुपैयाँ बिगो असुलको मागदाबीसहित आयोगले विशेष अदालतमा आरोपपत्र दर्ता गरेको छ।

AdvertisementAds

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स