पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री कार्की र सम्बन्धित मन्त्रालयका सचिवहरूलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेको हो। आयोगका अनुसार ठेक्का सम्झौताविपरीत ठेकेदारलाई राजस्व छुट दिएको पाइएको दाबी गरिएको छ।
मुद्दामा पूर्वसचिवहरू शंकर अधिकारी, केवल भण्डारी र सुरेश आचार्यसहित अन्यलाई पनि प्रतिवादी बनाइएको छ। अख्तियारले पूर्वमन्त्री कार्कीसहित चार पूर्वसचिवबाट कुल ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया