नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन्। बैठक आज बिहान ९ बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिको विषयमा कुनै निर्णय नगरेपछि कांग्रेस नेतृत्व असन्तुष्ट बनेको छ।
बैठकमा गभर्नर नियुक्तिसँगै सरकारको नीति तथा कार्यक्रम, पछिल्लो राजनीतिक अवस्था र भारत–पाकिस्तान द्वन्द्वबारे समेत छलफल हुनेछन्।



















प्रतिकृया