नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी मंगलबार (६ माघ) तोकिएको प्रतिनिधिसभा प्रत्यक्षतर्फको मनोनयन स्थगित गर्नुपर्ने माग गरेको छ।
निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्दै गगन–विश्व समूहलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्ने माग गरेका हुन्।
रिटमा उनीहरूले मंगलबारको मनोनयन रोक्नुपर्ने, मनोनयन भइसकेको भए स्थगित गरी नयाँ मिति घोषणा गर्न आदेश हुनुपर्ने दाबी गरेका छन्। साथै, देउवा–खड्काले भृकुटीमण्डप महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति भंग गर्नुपर्ने माग पनि राखेका छन्।
निर्वाचन आयोग, नयाँ कार्यसमिति, सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको रिटको प्रारम्भिक सुनुवाइ मंगलबारको दिन तय गरिएको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया