मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध लैङ्गिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायविरुद्ध गलत सूचना र घृणास्पद अभिव्यक्ति फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ। मायाको पहिचान नेपालले उजुरी दिँदै प्रसाईले समलिङ्गी विवाहलाई अमेरिकी संस्था युएसएडद्वारा वित्तीय सहयोग गरिएको भन्दै झूठो प्रचार गरी एलजीबीटीआई समुदायको कानुनी मान्यता र सर्वोच्च अदालतका ऐतिहासिक निर्णयहरूको अपमान गरेको आरोप लगाएको हो।
उजुरीमा प्रसाईको अभिव्यक्तिले समुदायलाई नकारात्मक रूपमा चित्रण गरी साइबर अपराध ऐन उल्लंघन गरेको र यसप्रति तुरुन्तै छानबिन तथा आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ। साथै, यस्ता भ्रामक तथा घृणास्पद अभिव्यक्ति रोक्न र समुदायको अधिकार तथा गरिमाको संरक्षण गर्न अनुरोध गरिएको छ।
स्मरणीय छ, सर्वोच्च अदालतले २००७ मा समलिङ्गी दम्पतीको अधिकारलाई मान्यता दिँदै कानुनी व्यवस्था गर्न निर्देशन दिएको थियो भने २०२३ मा समलिङ्गी विवाह दर्ता गर्न अन्तरिम आदेश जारी गरेको थियो। हालसम्म १२ समलिङ्गी दम्पतीले कानुनी रूपमा विवाह दर्ता गरिसकेका छन्।
















प्रतिकृया