नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बोटलर्स नेपाल लिमिटेड (बीएनएल) बालाजुको सेयर कारोबार तीन दिनका लागि रोक्का गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लागि लाभांश नदिने निर्णय गरेको भए पनि सोको जानकारी समयमा नेप्सेमा नबुझाएको कारण कारोबार स्थगन गरिएको हो।
मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरे पनि नेप्सेमा सो जानकारी पुस २ गते मात्र प्राप्त भएको थियो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना सम्बन्धित कम्पनीले सोही दिन वा भोलिपल्ट नेप्सेमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, बोटलर्स नेपाल लिमिटेडले यस नियमको पालना नगरेको भन्दै नेप्सेले उक्त कम्पनीको सेयर कारोबार तीन दिनका लागि रोक्का गरेको हो।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया